गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

EN न्यून व्यान्डविथ Invert Color A- A A+

वैवाहिक भिषा बारे सोधिने प्रश्न

  1. बैवाहिक नाता सम्बन्धि भिषा कति समयसम्मको लागि प्राप्त गर्न सकिन्छ?

    यो भिषा बढीमा एक वर्ष सम्मको लागि जारी गरिन्छ।पहिलोचोटि यस भिषाको लागि निवेदन गर्नेको हकमा भने ६ महिना सम्मको लागि मात्र जारी गरिन्छ।त्यसपछि बढीमा एक वर्ष सम्मको लागि जारी गरिन्छ।
     
  2. यस भिषा लिन मैले मेरो श्रीमान् लाई हरेकचोटि साथमा लिएर आउनुपर्छ?

    नेपालीसँग विवाह गरेका बिदेशी नागरिकले भिषाको लागि आवेदन गर्दा हरेकचोटि नेपाली नागरिक (श्रीमान् वा श्रीमतीलाई) साथमै लिएर आउनु पर्छ।
     
  3. म वैवाहिक नाता सम्बन्धि भिषा लिएर नेपाल बस्दै आएको छु।मेरो श्रीमान् नेपालमा हुनुहुन्न। मेरो भिषाको म्याद सकिन लाग्यो। के मैले सासु ससुराबाट भिषा प्राप्त गर्न सक्छु?

    सक्नुहुन्छ। स्थानीय निकायबाट सासु ससुरासँग नाता प्रमाणित गरेको प्रमाणपत्र,तपाईको विवाह दर्ताको प्रमाणपत्रको साथ सनाखत गर्न सासु वा ससुरालाई(जोसँग नाता प्रमाणपत्रमा नाता कायम भएको छ,यदि दुबै जनासँग भएको छ भने जो एक जना आए पनि हुन्छ) लिएर आउनुहोला। अन्य नाताबाट भिषा जारी गरिने हुँदा मासिक १५ अमेरिकि डलर भिषा शुल्क लाग्नेछ।
     
  4. के मैले वैवाहिक नाता सम्बन्धि भिषा लिएर कुनै काम गर्न सक्छु?

    तपाईले गृह मन्त्रालयको कार्य सहमति तथा श्रम विभागको श्रम स्वीकृति बिना तलब लिइ वा नलिइ काम (रोजगारी) प्राप्त गर्न सक्नुहुन्न।


पछिल्लो अपडेट गरिएको : 2024-09-05 20:14:05 20:14:05
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको : web counter