गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

EN न्यून व्यान्डविथ Invert Color A- A A+

कार्य सम्बन्धी भिषा 2074-10-18

       कार्य सम्बन्धि भिसा(Working Visa)

  • अनलाइन आवेदन फारम
  • भिषाको लागि सम्वन्धित मन्त्रालयको सिफारिस
  • कार्यसहमति
  • श्रम विभागको श्रम स्वीकृति/ करार सम्झौता वा नियुक्तिको छाँयाप्रति
  • कर तिरेको पत्र (सम्बन्धित संस्था तथा व्यक्तिको समेत)
  • राहदानी र अन्तिम भिषाको छाँयाप्रति
  • कामदार कम्पनी र व्यक्तिबीच भएको जनरल एग्रीमेन्ट
    1. भिसा फी –७५ यु.एस.डि. प्रति महिना लाग्ने, (MRE का लागि 60 यु.एस.डि. र S.R.E. का लागि 20 यु.एस.डि. थप शुल्क लाग्ने)।
    2. नेपाल सरकार वा नेपाल सरकारको पूर्ण स्वामित्व रहेको संस्थासँग ठेक्का प्राप्तिमा काम गर्न श्रम स्वीकृति  प्राप्त वा सन् १९८१ भन्दा अघिदेखि नेपालमा कुनै कारोबार गरी बसेका चिनियाँ नागरिकलाई प्रति महिना २० यु.एस.डि. शुल्क लाग्ने,
    3. दातृ राष्ट्र र नेपाल सरकारबीच सम्झौता भई दातृराष्ट्रको प्रत्यक्ष लगानीमा सञ्चालित गैर सरकारी संस्थामा कार्यरत विदेशी र तिनका आश्रित परिवारलाई प्रति महिना ५० यु.एस.डि. शुल्क लाग्ने,
    4. नेपाल सरकारको कार्यालय वा आयोजनामा प्रत्यक्ष रुपमा संलग्न भई कार्यरत विदेशी र तिनका आश्रित परिवारलाई प्रति महिना ३० यु.एस.डि. शुल्क लाग्ने।


पछिल्लो अपडेट गरिएको : 2026-01-27 15:24:31 15:24:31
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको : web counter