नेपालका निश्चित निषेधित क्षेत्रहरूमा पदयात्रा गर्न चाहने विदेशी पर्यटकहरूले अध्यागमन विभागबाट अनिवार्य रूपमा पदयात्रा अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ। सुरक्षा र व्यवस्थापनको दृष्टिकोणले संवेदनशील भएकोले यस्तो अनुमति सूचीकृत पदयात्रा एजेन्सी मार्फत मात्र जारी गरिन्छ। अध्यागमन विभागले नेपालका नियन्त्रित क्षेत्रहरूमा पदयात्रा गर्न चाहने विदेशी पर्यटकहरूका लागि डिजिटल गभर्नेन्स को अवधारणा अनुरूप सेवालाई थप सरल, पारदर्शी र प्रविधिमैत्री बनाएको छ। हाल यो सेवा पूर्ण रूपमा 'फेसलेस, पेपरलेस र क्यासलेस' मोडेलमा सञ्चालित छ।
सेवा प्रवाह गर्ने निकाय
आवश्यक कागजातहरू (Checklist)
अनुमतिका लागि एजेन्सीले Nepali Port प्रणालीमार्फत निम्न प्रक्रियाहरू पूरा गर्नुपर्नेछ:
क) कम्पनीको विवरण अद्यावधिक गर्ने (Profile Update)
प्रणालीमा कम्पनीका निम्न कागजातहरू अद्यावधिक भएको हुनुपर्नेछ:
ख) पदयात्रा आवेदनका लागि आवश्यक कागजात सहित अनलाईन आवेदन पेश गर्ने
प्रत्येक आवेदनका साथ निम्न विवरणहरू संलग्न गर्नुपर्नेछ:
कार्य फर्छ्यौट समय
कार्यालय समय सकिनुभन्दा १ घण्टा अगाडि सम्म प्राप्त भएका, प्रक्रिया पुगेका र पदयात्रा शुल्क भुक्तानी भएका आवेदनहरूलाई सोही दिन फर्छ्यौट गरिने तथा त्यसपश्चात प्राप्त भएका आवेदनहरु अर्को कार्यदिनको कार्यलय समयमा प्रकृयामा लगिनेछ।
माथि तोकिएको समयमा कार्यसम्पादन नभएमा एजेन्सी शाखाको मोबाइल नम्बर 9761423636 मा र अन्य गुनासोको लागि विभागका सूचना अधिकारीको मोबाइल नम्बर 9851313686 मा सम्पर्क गर्न सकिनेछ।
अनलाइन भुक्तानी (Online Payment): राजस्व दस्तुर अनलाइन माध्यमबाट वा विभागमा रहेको Global IME बैंकको सेवाकेन्द्रबाट भुक्तानी गर्न सकिनेछ।
अनुमतिपत्र डाउनलोड र प्रिन्ट गर्नेः
जारी भएको अनुमति पत्र (Permit) सम्बन्धित एजेन्सीको प्रोफाइलबाट डाउनलोड र प्रिन्ट गर्न सकिनेछ।
नोट: आवेदन स्वीकृतिको लागि मोबाइल नम्बर 9761423636 र प्राविधिक समस्यासम्बन्धी सहयोगका लागि विभागको सुचना प्रविधि शाखाको मोबाइल नम्बर 9761423637 मा सम्पर्क राख्न सकिनेछ।