नेपाल सरकार
गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

नेपाल सरकार
गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

EN न्यून व्यान्डविथ Invert Color A- A A+

अध्ययन भिषा 2074-10-18

       अध्ययन भिसा

  • शिक्षा मन्त्रालयको सिफारिस पत्र
  • कलेजमा भर्ना गरेको रसिद
  • स्थानीय बैंकमा मौज्दात रहेको कागजात (Academic/Non Academic course को लागि बार्षिक $3000 USDअनिवार्य जम्मा गर्नु पर्ने,
  • अनलाइन फर्म (www.nepalimmigration.gov.np)
  • पासपोर्ट र अन्तिम भिषाको फोटोकपि
  • सम्बन्धित दूतावासबाट जारी No Objection Letter

अध्यागमन नियमावली २०५१ को परिच्छेद २ (७) मा अध्ययन भिषा सम्बन्धी व्यवस्था भएको

  • नेपाल सरकारले स्वीकृति प्राप्त गरी नेपालको कुनै शिक्षण संस्थामा अध्ययन अध्यापन वा अनुसन्धान गर्न आउने विदेशीहरु र तिनका परिवारलाई अध्ययन भिषा दिइनेछ ।
  • नेपाल सरकारबाट प्राप्त छात्रबृति अन्तर्गत वा नेपाल सरकारबाट स्वीकृति कार्यक्रम अन्तर्गत वा दुइ विश्वविधालय बीच भएको संझौता अन्तर्गत अध्ययन तथा अनुसन्धान गर्न आउने वा दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन सार्कका सदस्य राष्ट्रहरुबाट अध्ययन गर्न आउने विदेशी वा माध्यमिक तहसम्मको अध्ययन गर्न आउने विदेशी बाहेक आफुखुशी अध्ययन तथा अनुसन्धान गर्न चाहने अन्य विदेशीलाई नेपालमा रहंदा एकैपटक वा मासिक दामासाहीमा वार्षिक न्यूतम तीन हजार अमेरिकी डलर वा सो बराबरको नेपाली मुद्रा र निजका परिवारको हकमा वार्षिक न्यूतम दुइहजार अमेरिकी डलर वा सो बराबरको नेपाली मुद्रा खर्च गर्न सक्ने आधिकारिक श्रोत वा सो बराबरको बैदेशिक मुद्राको सटही रसिद वा सो बराबरको नेपाली मुद्रा स्थानिय बैंकमा मौज्दात रहेको कागजात पेश गरेको आधारमा मात्र अध्ययन भिषा दिइनेछ ।
  • अध्ययन भिषा एक पटकमा एक वर्षको लागि दिइनेछ ।
  • सो भन्दा बढी अवधिको लागि दिन परेमा त्यस्ता व्यक्तिको अध्ययन तथा अनुसन्धान प्रगति विवरण समेत पेश गर्नु पर्छ ।

अध्ययन भिषा जारी गर्दा वा म्याद थप गर्दा लाग्ने दस्तुर:

  •  अध्ययन भिषा जारी गर्दा वा म्याद थप गर्दा शैक्षिक उपाधि प्राप्त हुने गरी (Degree Program ) अध्ययनरत विधार्थी र तिनका आश्रित परिवारलाई प्रति महिना ३० अमेरिकी डलर बराबरको नेपाली मुद्रा । शैक्षिक उपाधि प्राप्त नहुने गरी (Non Degree Program) अध्ययनरत विद्यार्थी र तिनका आश्रित परिवारलाई प्रति महिना ७ अमेरिकी डलर बराबरको नेपाली मुद्रा ।
  • बंगलादेशबाट अध्ययन गर्न पारस्परिकताको आधारमा बहुप्रवेशी अध्ययन भिषा जारी गर्दा वार्षिक अमेरिकी डलर १५  बराबरको नेपाली मुद्रा ।
  •  माल्दिभ्सबाट अध्ययन गर्न आउने विधार्थी र तिनका आश्रित परिवारलाई पारस्पारिकताको आधारमा वार्षिक २५ अमेरिकी डलर बराबरको नेपाली मुद्रा ।
  • भुटानबाट अध्ययन आउने विद्यार्थी र तिनका आश्रित परिवारलाई बहुप्रवेशी अध्ययन भिषा जारी गर्दा मासिक १५  अमेरिकी डलर बराबरको नेपाली मुद्रा ।
  • श्रीलंका र पाकिस्तानबाट अध्ययन गर्न आउने विधार्थीलाई पारस्पारिकताको आधारमा अध्ययन भिषा जारी गर्दा भिषा दस्तुर लाग्ने छैन । तर तिनका आश्रित परिवारलाई अध्ययन भिषा जारी गर्दा भिषा शुल्क लाग्ने छ ।
    • नेपालस्थित विश्वविधालयहरु र विदेशी विश्वविधालयहरु बीच शिक्षक आदानप्रदान कार्यक्रम अन्तर्गत नेपाल आई निशुल्क अध्ययन भिषा प्राप्त गर्ने भनि निर्णय भएका विदेशीका आश्रित परिवारलाई अध्ययन भिषा जारी गर्दा मासिक दश अमेरिकी डलर बराबरको नेपाली मुद्रा ।
    • अध्यापन तथा अनुसन्धान गर्न आउने अन्य विदेशी र तिनका आश्रित परिवारलाई मासिक ५० अमेरिकी डलर बराबरको नेपाली मुद्रा ।
    •  स्वयंसेवक वा पारिश्रमिक पाउने गरी अध्यापन कार्यमा संलग्न हुन चाहने विदेशीलाई गृह मन्त्रालयको कार्य सहमति सहित सम्बन्धित मन्त्रालयको सिफारिस प्राप्त पत्र ।

तर तयारी कक्षा, वस्तुस्थिति अध्ययन तथा प्रारम्भिक सर्वेक्षणको प्रयोजनका लागि अध्ययन भिषाको सिफारिस प्राप्त भए पनि भिषा जारी गरिने छैन ।

    (Multiple Re-entry भिषाका लागि $ 60 USD, Single re-entry $ 20 USD थप दस्तुर लाग्नेछ ।)

 


पछिल्लो अपडेट गरिएको : 2026-04-20 16:26:22 16:26:22
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको : web counter