गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

EN न्यून व्यान्डविथ Invert Color A- A A+

शाखा र कार्यहरू 2077-08-16

     १. प्रशासन शाखा  (जिम्मेवार अधिकारी ­– निर्देशक, अध्यागमन अधिकृत)

●         विभागबाट हुने नियमित अनुगमन कार्यको लागि आवश्यकता अनुसार निणर्यको लागि पेश गर्ने,

●        कर्मचारी प्रशासन सम्बन्धी काम गर्ने । कर्मचारीको व्यक्तिगत फायलहरु अद्यावधिक गर्ने / राख्ने,

●        कार्यालयमा पालो पहरा र सुरक्षाको व्यवस्था मिलाउने,

●        दर्ता चलानी, सोधपुछ काउन्टर र रेकर्ड शाखा सम्बन्धी कार्य व्यवस्थित रुपमा सञ्चालन गर्ने,

●         त्यस शाखाबाट भए गरेका काम कारवाहीको अभिलेख अद्यावधिक राख्ने, अन्य शाखाहरुबाट तयार भएको विवरण समेत संलग्न गरी महिना समाप्त भएको एक हप्ता भित्र विभागको मासिक प्रगति विवरण तयार गरी गृह मन्त्रालयमा पठाउने,

●         सबै शाखाहरुसँग समन्वय गरी नियमानुसार कागज धुल्याउने सम्बन्धी कार्य गर्ने,

●        जरिवाना गर्ने विषय वाहेक भिसा स्थानान्तरण गर्ने, ट्राभल परमिट जारी गर्ने, छुट प्रवेश भिसा प्रदान गर्ने र आगमन तथा प्रस्थान प्रमाणित गर्ने,

●        शाखाको कार्य सञ्चालन तथा रेखदेख गर्ने र निणर्यानुसार पत्राचार गर्ने,

●        आफ्ना मातहतका कर्मचारीहरुको कार्य सम्पादनको सुपरीवेक्षण गर्ने,

●        पर्यटक भिसामा १५० दिन भन्दा बढी बसेका विदेशी उपर प्रचलित कानुन बमोजिम कारवाही गर्न पेश गर्ने,

●        समय समयमा महानिर्देशकले दिएका निर्देशन बमोजिम विभागमा परि आउने अन्य काम गर्ने,

●        पर्यटक भिसा, एजेन्सि, गैर पर्यटक भिसा, व्यवसायिक भिसा युनिट, मुद्धा शाखामा कार्यरत अध्यागमन अधिकृतहरुको अनुपस्थितिमा निजहरुले गर्दै आएको कार्यहरु समेत गर्ने,

●        शाखाको कार्य सम्पादन गर्दा निर्देशकसँग समन्वय गरी छिटो छरितो रुपमा कार्य गर्ने,

●        कर्मचारीहरुको विदा, काज, सरुवा, हाजिरी आदिको अभिलेख व्यवस्थित गर्ने,

●        विभागमा प्राप्त हुने इमेलको सम्बन्धित शाखासँग समन्वय गरी प्रतिउत्तर पठाउने,

●        विभागबाट प्रकाश गर्नुपर्ने प्रकाशनहरुका लागि सहजिकरण गर्ने ।

     २. व्यवसायिक भिसा शाखा - एकल विन्दु सेवा केन्द्र) (जिम्मेवार अधिकारी ­– निर्देशक, अध्यागमन अधिकृत)

●      व्यवसायिक भिसाका लागि सिफारिस भई आएका र अघिल्लो भिसाको म्याद भित्रै सिफारिस भएको हकमा सिफारिस एकिन गरी व्यवसाय गर्ने व्यक्ति, व्यवसायिक प्रतिनिधि र तिनका आश्रितलाई व्यवसायिक भिसा निर्देशकबाट निर्णय गराई जारी गर्ने,

●      व्यवसायिक भिसामा रहेका र म्यादभित्रै नवीकरणका लाग सिफारिस भएका व्यवसाय गर्ने व्यक्ति, व्यवसायिक प्रतिनिधि र तिनका आश्रितलाई व्यवसायकि भिसाको म्याद थप गर्ने,

●      व्यवसायिक वा अन्य भिसाको म्याद गुजारी व्यवसायिक भिसाका लागि सिफारिस भई आएका व्यवसाय गर्ने व्यक्ति, व्यवसायिक प्रतिनिधि र तिनका आश्रितको हकमा आवश्यक कागजात पुर्याई निर्देशक समक्ष पेश गरी निर्णय भए वमोजिम भिसा जारी गर्ने,

●      पर्यटक भिसामा overstay भई व्यवसायिक भिसाका लागि आवेदन गर्नेको हकमा महानिर्देशक समक्ष पेश गरी निर्णय भए वमोजिम भिसा जारी गर्ने,

     ३. गैह्र पर्यटक शाखा (जिम्मेवार अधिकारी ­– निर्देशक, अध्यागमन अधिकृत)

●      अध्ययन, अनुसन्धान, Degree / Non Degree Program मा अध्ययन ( Study) भिसाको लागि प्राप्त निवेदन, सिफारिस एवं अन्य आवश्यक कागजात छानविन गर्ने र भिसा जारी तथा म्याद थप गर्ने,

●      गैर पर्यटक (Press) भिसाको निवेदन, सिफारिश एवं अन्य आवश्यक कागजात छानविन गर्ने र भिसा जारी तथा म्याद थप गर्ने । विलम्ब तथा overstay भई आएकाको हकमा छानविन गरी पेश गर्ने र निणर्य भए अनुसार गर्ने,

●      गैर पर्यटक (Relation)  (तिब्बती मुलका बाहेक) भिसाको लागि प्राप्त निवेदन, सिफारिश एवं अन्य आवश्यक कागजात छानविन गर्ने र भिसा जारी तथा म्याद थप गर्ने । विलम्ब तथा Over Stay भई आएकाको हकमा छानविन गरी पेश गर्ने र निणर्य भए अनुसार गर्ने,

●      गैर पर्यटक (Marriage) (तिब्बती मुलका बाहेक) भिसाको लागि प्राप्त निवेदन, सिफारिस एवं अन्य आवश्यक कागजात छानविन गर्ने र भिसा जारी तथा म्याद थप गर्ने,

●      गैर पर्यटक ( Working ) भिसाको लागि प्राप्त निवेदन, सिफारिश एवं अन्य आवश्यक कागजात छानवीन गर्ने र भिसाको म्याद थप गर्ने,

●      नेपाल स्थित विदेशी नियोगहरु व अन्तर्गतका निकायमा कार्यरत व्यक्तिहरुको लागि परराष्ट मन्त्रालय वा अन्तर्गतको विभागबाट सिफारिस, व्यक्तिको निवेदन तथा अन्य कागजात छानविन गरी भिसा जारी गर्ने तथा म्याद थप गर्ने,

●      गैर पर्यटक भिसासँग सम्बन्धित भिसा ट्रान्सफर सम्बन्धी कार्यहरु गर्ने,

●      भिसा प्रदान भएको ब्यक्तिहरुको अभिलेख अद्यावधिक राख्ने तथा महिना समाप्त भएको पांच दिनभित्र मासिक प्रगति विवरण तयार गर्न लगाई प्रशासन शाखामा बुझाउने,

●      शाखाको कार्य सञ्चालन तथा रेखदेख गर्ने र आवश्यकता अनुसार पत्राचार गर्ने,

●      शाखाबाट जारी भई भिसा प्राप्त गर्ने विदेशीहरुको चालचलन सम्बन्धी प्रतिवेदन अद्यावधिक गर्ने र प्रतिकूल भएमा कारवाहीको लागि पेश गर्ने,

●      निर्देशक समक्ष पेश गरी निणर्य लिनुपर्ने विषयमा राय सहित पेश गर्ने,

●      समय समयमा महानिर्देशकले दिएका निर्देशन बमोजिम विभागमा परि आउने अन्य काम गर्ने ।

     ४. पर्यटक शाखा (जिम्मेवार अधिकारी ­– निर्देशक, अध्यागमन अधिकृत)

●      प्रवेश भिसा लिई सकेका विदेशीका हकमा एक भिसा वर्षमा १५० दिन बसाई अवधि ननाघ्ने गरी पर्यटक भिसाको म्याद थप गर्ने,

●      अन्य भिसा लिई बसिरहेका विदेशीहरुले आफुले प्राप्त गरेको भिसाको अवधि समाप्त भएपछि पर्यटक भिसा माग गरेमा प्रक्रिया पूरा गरी निर्देशकलाई निणर्यका लागि पेश गर्ने,

●      भिसाको म्याद थप गर्ने क्रममा राहदानी, भिसा तथा विदेशीहरुको बसाई नियमित रहे नरहेको समेत जाँच गर्ने ।

●      भिसा प्रदान भएको व्यक्तिहरुको अभिलेख अद्यावधिक राख्ने तथा महिना समाप्त भएको पांच दिनभित्र मासिक प्रगति विवरण तयार  गर्न लगाई प्रशासन शाखामा बुझाउने,

●      शाखाको कार्य सञ्चालन तथा रेखदेख गर्ने र आवश्यकता अनुसार पत्राचार गर्ने,

●      आफ्ना मातहतका कर्मचारीहरुको कार्य सम्पादनको सुपरीवेक्षण गर्ने तथा भैपरी आउने विदा स्वीकृत गर्ने,

●      पर्वतारोहणमा गएका विदेशीहरुले पर्वतारोहणबाट फर्केपछि पर्वतारोहणको अवधि कटाई बांकी अवधिको पर्यटक भिसाको म्याद थपका लागि आवेदन गरेमा ( निजको नेपाल बसाई अवधि १५० दिन नाघ्ने भएमा प्रमाण बुझी सो अवधि कटाई ) बाँकी अवधिको भिसा निणर्य गराई जारी गर्ने,

●      शाखाको कार्यसम्पादन गर्दा निर्देशकसँग समन्वय गरी छिटो छरितो रुपमा कार्य गर्ने,

●      समय समयमा महानिर्देशकले दिएका निर्देशन बमोजिम विभागमा परि आउने अन्य काम गर्ने ।

     ५. सूचना प्रविधि शाखा (जिम्मेवार अधिकारी ­– निर्देशक, अध्यागमन अधिकृत)

●      अध्यागमन विभागमा मौजुदा सूचना प्रणाली तथा वेबसाइटहरुको सुचारु सञ्चालन गर्ने,

●      अध्यागमन विभागको लागि आवश्यक सूचना प्रणालीहरुको विकास गर्ने / गराउने,

●      अध्यागमन विभागमा रहेका सूचना प्रविधि सम्बन्धि उपकरणहरुको रेखदेख, मर्मत सम्भार तथा सञ्चालन गर्ने / गराउने,

●      सूचना प्रविधि सम्बन्धि उपकरणहरुको खरिदको लागि आवश्यक सम्पूर्ण प्राविधिक प्रक्रिया सम्पन्न गर्ने / गराउने,

●      अनलाइन मार्फत गरीने आव्हान गरीने सम्पूर्ण बोलपत्रहरुको प्राविधिक कार्य सम्पन्न गर्ने,

●      अध्यागमन विभाग तथा अन्तर्गतका कार्यालयहरुमा सूचना प्रविधि सम्बन्धि आवश्यक सहयोग तथा समन्वय गर्ने / गराउने,

●      विभाग तथा अन्तर्गतका कार्यालयहरुमा कार्यरत जनशक्तिहरुलाई आवश्यक प्राविधिक तालिम प्रदान गर्ने  / गराउने,

●      विभिन्न निकायहरुसँग समन्वय गर्ने क्रममा विभागको तर्फबाट प्राविधिक प्रतिनिधित्व गर्ने,

●      अध्यागमन विभागको महानिर्देशकले खटाएका अन्य प्राविधिक कार्य गर्ने ।

     ६. एजेन्सी शाखा (जिम्मेवार अधिकारी ­– निर्देशक, अध्यागमन अधिकृत)

●      पदयात्राको लागि तोकिएको क्षेत्रमा अनुमति–पत्र जारी गर्न आवश्यक प्रक्रिया पुरा गरी निर्देशक समक्ष पेश गरी निणर्य भए अनुरुप जारी गर्ने,

●      परराष्ट मन्त्रालयबाट प्राप्त सिफारिस बमोजिम गृह मन्त्रालयबाट लेखी आए अनुसार कुटनैतिक भिसा वाहकलाई तोकिएको क्षेत्रमा निःशुल्क पदयात्रा अनुमतिका लागि पेश गर्ने,

●      पर्यटन मन्त्रालयको सिफारिसमा निषेधित क्षेत्र हुदै पर्वतारोहणमा जाने पर्यटकलाई निःशुल्क पदयात्रा अनुमतिपत्रका लागि पेश गर्ने,

●      ट्रेक्किंग एजेन्सीहरु नवीकरण भए नभएको आदि विवरण सहितको लगत अध्यावधिक बनाई राख्ने ।साथै आफ्नो शाखाबाट भए गरेका काम कारवाहीको अभिलेख अध्यावधिक गरी राख्ने,

●      शाखाको कार्य सञ्चालन तथा रेखदेख गर्ने र आवश्यकता अनुसार पत्राचार गर्ने,

●      आफ्ना मातहतका कर्मचारीहरुको कार्य सम्पादनको सुपरीवेक्षण गर्ने तथा भैपरी आउने विदा स्वीकृत गर्ने,

●      आफ्नो शाखाबाट सम्पादन गरीएका कामको प्रगति विवरण प्रत्येक अंग्रेजी महिनाको ५ तारिख भित्र तयार गरी प्रशासन शाखामा पठाउने,

●      समय समयमा महानिर्देशकले दिएका निर्देशन बमोजिम विभागमा परि आउने अन्य काम गर्ने ।

     ७. मुद्दा शाखा (जिम्मेवार अधिकारी ­– निर्देशक, अध्यागमन अधिकृत)

●      अध्यागमन सम्बन्धी कसूरमा अनुसन्धान गर्दा प्रचलित कानुन बमोजिम जानकारी गराई अभियुक्तहरुको बयान लिने, आवश्यक तहकिकात र अनुसन्धान गरी कानुन बमोजिम मुद्दा दायर गर्ने,

●      शंकास्पद राहदानी, भिसा आदि देखिएमा कानुन बमोजिम कारवाहीका लागि पेश गर्ने,

●      यस बिभागमा रहेको थुनुवा कोठाहरुमा कानुन बमोजिम थुनुवाहरु राख्ने, निजहरुको सुविधा, सुरक्षा, नियन्त्रण र ब्यवस्थापन समेत गर्ने,

●      शाखाबाट भए गरेका काम कारवाहीको अभिलेख अद्यावधिक राख्ने तथा महिना समाप्त भएको पाँच दिनभित्र मासिक प्रगति विवरण तयार गर्न लगाई प्रशासन शाखामा बुझाउने,

●      शाखाको कार्य सञ्चालन तथा रेखदेख गर्ने र आवश्यकता अनुसार पत्राचार गर्ने,

●      आफ्ना मातहतका कर्मचारीहरुको कार्य सम्पादनको सुपरीवेक्षण गर्ने ।

     ८. आर्थिक प्रशासन शाखा (जिम्मेवार अधिकारी ­– निर्देशक, अध्यागमन अधिकृत)

●      साधारण बजेट तर्जुमा गर्ने र विकास बजेटको हकमा योजना र कार्यक्रम हेर्ने सम्बन्धित शाखासँग समन्वय गरी तर्जुमा गर्ने,

●      विभाग र मातहत निकायहरुको वार्षिक कार्यक्रम LMBIS संशोधन, रकमान्तरको लागि सम्वन्धित कार्यालयवाट अनुरोध भै आए अनुसार पेश गर्ने,

●      कार्यालय प्रमुख वा शाखा प्रमुखले आर्थिक कारोवारको सम्वन्धमा राय माग गरेमा राय पेश गर्ने,

●      आर्थिक कारोबारसँग सम्बन्धित काम र जिम्मेवारी बहन गरी आर्थिक कार्यविधि र नियमावली बमोजिम निकासा माग गर्ने व्यवस्था मिलाउने,

●      निकासा भएको रकमको खर्चको हिसाब किताब रीतपूर्वक राख्ने,खर्चका फाँटवारी एवं आर्थिक विवरण तयार गर्ने।त्यस्ता फाँटवारी एवं आर्थिक विवरण कार्यालय प्रमुखबाट स्वीकृत गराई समयमै सम्बन्धित निकायमा पठाउने र लेखा परीक्षण गराउने,

●      विभाग र मातहात कार्यालयको राजश्व रकम भिडान गरी प्रतिवेदन तयार गरी पेश गर्ने,

●      धरौटी रकमको अभिलेख राखी प्रतिवेदन तयार पारी पेश गर्ने,

●      मालसामान, उपकरण, परामर्श तथा निर्माण सम्बन्धी कार्यको बोलपत्र मुल्यांङ्कन सम्बन्धी कार्य गर्ने,

●      जिन्सी प्रतिवेदनमा उल्लेख भए बमोजिमका लिलाम गर्नुपर्ने सामानहरुको सम्बन्धमा कार्यालय प्रमुख/ शाखा प्रमुखले राय माग गरेमा राय पेश गर्ने,

●      लेखापरीक्षणबाट कायम हुन आएको बेरुजुको लगत राख्ने र बेरुजु  फछर्यौट गर्ने प्रमाण जुटाई पेश गर्ने गराउने । नियमित गर्नुपर्ने विषयहरु नियमित गर्न गराउन पेश गर्ने,

●      आर्थिक कारोबार गर्दा प्रचलित कानुन बमोजिम रीत पुगे वा नपुगेको जाँची रीत पुगेकोमा भुक्तानीको निमित्त पेश गर्ने, रीत नपुगेको वा आफ्नो राय नलिई रीत नपुगेको कुनै कलम सदर भै भुक्तानीको निम्ति प्राप्त हुन आएमा रीत नपुगेको व्यहोरा लिखित रुपमा स्पष्ट खुलाइ कार्यालय प्रमुख समक्ष पेश गरी कार्यालय प्रमुखको लिखित आदेशानुसार गर्ने,

●      अर्थ मन्त्रालय गृह मन्त्रालय म.ले.नि.का महालेखा परिक्षकको कार्यालय राजस्व बुझ्ने बैंकहरु र को.ले.नि.का सँग समन्वय सम्पर्क पत्राचार र प्रतिवेदनका कार्य गर्ने,

●      विभाग मातहात कार्यालयका लेखाहेर्ने कर्मचारीसँग निरन्तररुपमा सम्पर्क गरी लेखा सम्बन्धी समस्याको समाधान गर्न पेश गर्ने ।


पछिल्लो अपडेट गरिएको : 2025-01-03 11:19:13 11:19:13
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको : web counter