नेपालको प्रवेश बिन्दुबाट (On Arrival) कस्तो किसिमको भिषा प्राप्त गर्न सकिन्छ?
प्रवेश बिन्दुबाट जारी गरिने भिषा सबै पर्यटक भिषा हुन्। पर्यटक भिषा बाहेक अन्य भिषा प्रवेश बिन्दुबाट जारी गरिदैन।
मलाई प्रवेश बिन्दुमा बहुप्रवेशी सुविधा सहितको पर्यटक भिषाको आवश्यकता छ। मैले यसको लागि के गर्न सक्छु?
अध्यागमन कार्यालय, त्रि.अ.वि लगायत प्रवेश बिन्दुबाट जारि गरिने सबै भिषाहरु बहुप्रवेशी सुविधा सहितको पर्यटक भिषा हुन्।
१० वर्ष मुनिका बच्चाहरुको भिषा शुल्क कति लाग्दछ?
१० वर्ष मुनिका बच्चाहरुको लागि भिषा शुल्क लाग्दैन।
म भारतीय नागरिक हुँ? हवाई उडानबाट नेपाल प्रवेश गर्नको लागि मैले कुन कागजात देखाउनुपर्ने हुन्छ?
हवाई उडानबाट नेपाल आउने भारतीय नागरिकले भारतीय पासपोर्ट वा निर्वाचन आयोगबाट जारी गरिने मतदाता परिचय पत्रबाट मात्र नेपाल प्रवेश गर्न सक्नेछन्। अभिभावकको साथमा आएका १८ वर्ष मुनिका बालबालिकाको लागि भने विद्यालयको परिचयपत्र वा जन्म दर्ता पेश गर्नुपर्ने छ।
मलाई अध्यागमन कार्यालय, त्रि.अ.वि मा लामो लाइनमा बसेर भिषा लिन मन छैन। यसको विकल्प के हुन सक्छु?
तपाईले आफूलाई पायक पर्ने बिदेशस्थित नेपाली दूतावास वा कूटनैतिक नियोगमा सम्पर्क राखि भिषा लिएर नेपाल आउन सक्नुहुन्छ।
म निषेधित क्षेत्रमा पदयात्रामा जान चाहन्छु?के मैले ब्यक्तिगत रुपमा पदयात्रा अनुमति प्राप्त गर्न सक्छु?
ब्यक्तिगत रुपमा पदयात्रा अनुमति प्रदान गरिने ब्यवस्था छैन। नेपालका आधिकारिक ट्रेकिङ एजेन्सी मार्फत् पदयात्राको अनुमति प्राप्त गर्न सक्नुहुन्छ। त्यसैले आफूलाई उपयुक्त लाग्ने ट्रेकिङ एजेन्सीसँग सम्पर्क गर्नुहोला।
पदयात्रामा के म एक्लै जान सक्दछु?
यी क्षेत्रमा एक्लै पदयात्रामा जाने अनुमति छैन।
पदयात्रामा जाँदा के मैले सधैँ पदयात्रा अनुमति, permit साथमै राख्नुपर्छ?
पासपोर्ट र पदयात्रा अनुमति यात्राभर साथमै राख्नुहोला।
पदयात्रा अनुमतिमा उल्लेख गरिएको बाहेक अन्य ठाउँ जान पाउँछु?
अनुमति पत्रमा तोकिएको रुट वा ठाउँ बाहेक अन्य ठाउँ वा रुटमा जान निषेध छ।